Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरको आग्रह - व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरपालिका राजस्व विभागले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको हो ।

दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो । महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिबानासमेत असुल गर्ने चेतावनी दिइएको छ ।

साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिइ व्यवसाय कर असुली गरिने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077