Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखी सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् । मंगलबार दिउँसो भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, बाँकी प्रदेशहरुमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077