Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप, दिए पदबाट राजीनामा

एजेन्सी । न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोपपछि वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट राजीनामा दिएका हुन् ।

उनीमाथि यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेको छ ।

यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077