Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाइडेनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी राजदूत

    बाइडेनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी राजदूत

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 792
    SHARES

    एजेन्सी । पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी राजदूतलाई बोलाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।



    ७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गरेका थिए, जसमा उनले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गरेका थिए ।



    चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’

    सोही सन्र्दभमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार