Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपविरुद्ध फेरि म्याद थप्ने तयारी, भोलि अदालत लगिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।

सन्दीपलाई अनुसन्धानका लागि पछिल्लोपटक लिइएको म्याद सोमबार सकिएको थियो। तर मंगलबार सार्वजनिक विदा परेकाले बुधबार मात्र प्रहरीले उनलाई अदालत लैजाँदै छ।

सन्दीपलाई अनुसन्धानका लागि पहिलोपटकलाई ७ दिन र दोस्रोपटकलाई पाँच दिनको म्याद लिइएको थियो। उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077