Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा गोली चल्यो, एकजना गम्भीर घाइते

काठमाडौं । झापामा मंगलबार साँझ गोली चलेको छ । जिल्लाको गौरादह नगरपालिकामा गोली चल्दा एकजना गम्भीर घाइते भएका हुन् ।

उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले घाइते परिचय खुलाएको छैन ।

यस्तै घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको बताइएको छ । उनको पनि विएण्डसी अस्पताल झापामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप विवरण संकलन सहित अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077