Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रहरी साहद्वारा गोली हानी आत्महत्या, भतिजा गम्भीर घाइते

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुलअगाडि एक पुरुषले गोली हानेर आत्महत्या गरेका छन् । मंगलबार साँझ आफूले बोकेको पेस्तोलबाट गोली हानेर बिरेन साहले आत्महत्या गरेका हुन् ।

आफ्नै भतिजमाथि गोली प्रहार गरि पुनः आफैंलाई गोली हानी उनले आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् । उनले आफूसँग भएको पेस्तोलबाट आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको बताइएको छ ।

घाइते १४ वर्षीय बालक (भतिज) को नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते साहका भतिजा १४ वर्षीय बालकलाई उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएको छ । उनको कम्मरमुनि गोली लागेको छ । आत्महत्या गरेका साह पूर्व प्रहरी भएको बुझिएको छ ।

तर गोली हानी आत्महत्या गरेको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077