Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अतिक्रमणको चपेटामा बागमती

काठमाडौं । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्।

कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त कहीँ निःशुल्क नै दिएको पाइएको छ। यहाँसम्म कि बागमती नदी किनारमा निर्माण गरिएको पार्क सःशुल्क सञ्चालन गरिएको छ।

त्यसैगरी विभिन्न शक्ति केन्द्रको पहुँच तथा भनसुनका आधारमा केही वर्षयता बागमती नदीको क्षेत्राधिकारभित्र विभिन्न पार्क, वडा कार्यालय, विभिन्न धार्मिक सम्प्रदायका मठ–मन्दिर, योग केन्द्र, ध्यान केन्द्र, पूजा तथा हवन मण्डप, किरियापुत्री घर, श्राद्ध भवन, प्रहरी कार्यालय, शौचालयलगायतका ठूलाठूला स्थायी संरचना निर्माण भएका छन्। बागमती नदी गुरुयोजनाविपरीत यस्ता संरचना निर्माण हुने क्रम अझै जारी छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077