Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान

काठमाडौँ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ ।

तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो।

पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ। विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ। प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो।

उनले भने,'डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान सुरु हुनेछ।' डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077