Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप चार दिनको म्याद थप गरेको हो । नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने १२ दिनदेखि हिरासतमा छन्।

आज जिल्ला अदालत काठमाडौंबाट सन्दीपविरुद्ध प्रहरीले म्याद थप गर्न उनलाई उपस्थित गराएको थियो। अनुसन्धान केही बाँकी भएकाले म्याद थप गर्न लागिएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

सन्दीपलाई अनुसन्धानका लागि पछिल्लोपटक लिइएको म्याद सोमबार सकिएको थियो।  तर मंगलबार सार्वजनिक विदा परेकाले बुधबार मात्र प्रहरीले सन्दीपलाई अदालतमा पेश गरेको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077