Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन् २०२३ को एसिया कप खेल्न भारतीय टिम पाकिस्तानमा नजाने

एजेन्सी । सन् २०२३ मा हुने एसिया कप खेल्न भारतीय टिम पाकिस्तानमा नजाने भएको छ । २०२३ को एसिया कपको जिम्मेवारी पाएको पाकिस्तानमा भारतले भ्रमण नगर्ने बताएपछि प्रतियोगितामाथि नै प्रश्न उठेको हो ।

मुम्बईमा भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को ९१ औं वार्षिक साधारण सभामा पाकिस्तानको भ्रमणको विषयले प्रवेश पाएको थियो ।

बीसीसीआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय साहले एसिया कप तटस्थ मैदानमा खेल्नुपर्ने सुझाव दिएका छन् ।

२०२३ मै भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ । तर पाकिस्तानलेम भने रतमा आएर खेल्ने गरेको छ । पाकिस्तानका केहि पूर्व खेलाडीहरुले आफूहरु पनि भारत जान नहुने बताउँदै आएका छन् ।

२०१६ को टि–२० विश्वकप खेल्न पाकिस्तान भारतमा आएको थियो । भारत र पाकिस्तानबीचको कुटनीतिक सम्बन्धका कारण यी दुई देशबीचको खेल सम्बन्ध राम्रो छैन ।

त्यसैले सन् २००५–०६ को सिजन यता भारतले पाकिस्तानको भ्रमण गरेको छैन् । यी दुईले सन् २०१५–१६ को सिजनमा तटस्थ मैदान श्रीलंकामा शृंखला खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077