Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २८ घाइते

झापा । मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिक बुधबार दिउँसो दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका २८ जना मध्ये तीन जनाको अवस्था गम्भीर छ।

कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजमार्ग दक्षिण किनारको रुखमा गएर बस ठोकिएको प्रहरीले जनाएको छ। घाइते सबैको बिर्तामोड अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077