Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ जीप दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, १३ जना घाइते

बझाङ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।

बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र००१च ११७ नम्बरको जिप मस्टा गाउँपालिका १ चिउरीमा दुर्घटना भएको हो । यस्तै दुर्घटनामा १३ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ ।

सनाखत भएका मृतकहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् । बाँकी ३ जनाको सनाखत भइसकेको छैन ।

दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077