Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुसहित रंगेहात पक्राउ परेका इन्जिनियरको साथबाट थप साढे ९ लाख बरामद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ गरेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद गरेको छ ।

२८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला परेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।

रामेछापको मन्थलीस्थित इञ्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारले जनाएको छ ।

रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077