Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नारायणकाजी श्रेष्ठ भन्छन् - कहिलेकाहीँ कांग्रेस तीन वटा पार्टीजस्तो लाग्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन चार वटा पार्टीको भए पनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरेका छन् ।

बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाण्डौमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

कांग्रेसभित्र शेरबहादुर देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उनले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्पष्ट पारे । यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077