Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साढे ३ महिनापछि खुल्यो त्रिभुवन विश्वविद्यालयको ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो ।

ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको थियो । वार्ता गर्न नेविसंघका निवर्तमान अध्यक्ष सम्झना केसी नेतृत्वको टोली त्रिवि पुगेको थियो ।

त्रिविको तर्फबाट वार्ता समितिका संयोजक एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा। पशुपति अधिकारीले दुई पक्षबीच सम्झौता भएपछि हिजैबाट ताला खुलेको जानकारी दिए । असार २७ गतेबाट लागेको ताला खुलेपछि विद्यार्थीले फेरि ताला नलगाउने बताएका थिए ।

नेविसंघको तर्फबाट श्यामराज ओझा, विष्णुबहादुर वडैला, रमेश भण्डारी र विष्णु जैशीको उपस्थिति रहेको थियो । त्रिविको तर्फबाट संयोजक अधिकारी, सदस्यद्वय सहप्राध्यापक विष्णुबहादुर वाग्ले र हिक्मतबहादुर रायाको उपस्थिति रहेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077