Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्ना नागरिकहरूलाई युक्रेन यात्रा नगर्न भारतको अनुरोध

    आफ्ना नागरिकहरूलाई युक्रेन यात्रा नगर्न भारतको अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 627
    SHARES

    एजेन्सी । भारतले आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ ।

    युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै बुधबार एक एडभाइजरी जारी गर्दै भारतले यस्तो अनुरोध गरेको हो ।



    ‘बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ,’ युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्विटर ह्यान्डलमा उल्लेख गरेको छ ।



    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्सल ल लागू गरेपछि यो सल्लाह आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार