Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एम्बुलेन्सबाट १ बोरा पटाकासहित भन्सार छलीको सामान बरामद

धनुषा । जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा प्रहरीले एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद गरेको छ ।

मे. १ च ३५० नम्बरको एम्बुलेन्सबाट तस्करीको सामान बरामद गरिएको हो । सो एम्बुलेन्स माई भ्याली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको थियो ।

एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, भन्सार छलीको बदाम, पापड र आल्मोन्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

एम्बुलेन्सलाई सामानसहित भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077