Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाताबाट निकालेको मिर्गौला डाक्टरले म्याच नगरेको भनेपछि…

काठमाडौं । दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण गर्ने बेला डाक्टरले म्याच नगर्ने भनेपछि वीर अस्पतालमा एक बिरामीका आफन्त आक्रोशित बनेका छन् ।

अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला म्याच नगर्ने भनेपछि वीर अस्पतालमा एक बिरामी तथा आफन्त आक्रोशित बनेका हुन् ।

मंगलबार धादिङकी ३५ वर्षीया चमेली गैरेमा मिर्गौला प्रत्यारोपण गर्न एक ५८ वर्षीया गैरेकी सासू जुठी सार्कीको मिर्गौला निकालेका थिए ।

निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् ।

यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् । घटनापछि अस्पतालका सिनियर सर्जन डा।प्रवीण श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077