Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले दिइन् ४५ दिनमै राजीनामा

एजेन्सी । आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएपछि बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् ।

उनले पद सम्हालेको ४५ दिनमै बिहीबार साँझ पदबाट राजीनामा दिएकी हुन् ।

उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो । आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन् ।

पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको बताइएको छ ।

अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्।

४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077