Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न - आफूले मनपरी गर्ने, अरूलाई चुपचाप आदेश पालन गर भन्ने ?

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफू अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ भन्दै प्रश्न गरेका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।

उनले आफूमाथि अन्याय भएकाले सार्वजनिक रूपमा बोलेको स्पष्ट पारे । आफूसँग छलफल नै नगरी आफ्नो उम्मेदवारी रोकिएकाले आफूले सार्वजनिक मञ्चमा बोलिरहेको उनले बताए ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन् -'प्रतिनिधिसभाको उम्मेदवारी रोकिएको सन्दर्भमा मैले सार्वजनिक रूपमा बोल्न नहुने भनी तर्क गरिएको सुनियो । मेरो उमेदवारी सार्वजनिक रूपमा नरोकेर पार्टी भित्रै मसँग छलफल नगरेको किन त ? यस प्रसंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लू शुनको यो भनाइ सान्दर्भिक छ : बिरालोले मुसा समातेपछि पीडाले मुसो चिच्याउँदा बिरालोले यो त्यत्तिकै किन चिच्याएको होला भनी ठानेझैँ अन्यायी–अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नु पर्छ, किन कराउने भनी ठान्छन् ।

त्यस्तै हो, आफूले मनपरी गर्ने, अरूलाई चुपचाप आदेश पालन गर भन्ने । यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यता विरुद्ध छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077