Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ । शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077