Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यस्तो छ प्रचण्डको निर्वाचन क्षेत्र गोरखा -२ को मतपत्र, को–को छन् उम्मेदवार ?

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नमुना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठेको क्षेत्र गोरखा -२ मा १२ जना उम्मेदवार छन् ।

जसअनुसार एमालेको चुनाव चिह्न सूर्य पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा रहेको छ ।

यस्तै तेस्रोमा राप्रपाको हलो र चौथोमा नेमकिपाको मादल रहेको छ । सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट अब्दुस मियाँ चुनावी मैदानमा छन् ।

गोरखा २ मा राप्रपाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीका प्रसाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत र नेकपा मालेका नारायणबाबु आचार्य उम्मेदवार रहेका छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका टिकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी तथा दुई स्वतन्त्र उम्मेदवार गणेश देवकोटा र विनोदकुमार गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077