Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाली नागरिकता लिएर बौद्ध भिक्षुको भेषमा लुक्दै आएकी ‘चिनियाँ जासुस’ दिल्लीमा पक्राउ

    नेपाली नागरिकता लिएर बौद्ध भिक्षुको भेषमा लुक्दै आएकी ‘चिनियाँ जासुस’ दिल्लीमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 23.5K
    SHARES

    एजेन्सी। भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ५० वर्षीया चिनियाँ महिलालाई प्रहरीले राजधानी दिल्लीबाट पक्राउ गरेको छ । ‘बौद्ध भिक्षु’ भनी दाबी गर्ने काई रुओ चिनियाँ जासुस भएको आशंका गरिएको स्रोतले जनाएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार उनी नेपाली नागरिक डोला लामा भएर भारतमा बस्दै आएकी थिइन् । उनी काठमाडौंको बासिन्दा भएको दाबी गर्न नेपाली परिचयपत्र पनि लिन सफल भएकी थिइन् । दिल्ली प्रहरीसँग कुरा गर्दा उनलाई नेपाली भाषा थाहा थिएन । उनी चिनियाँ भाषा बोल्छिन् भन्ने पनि प्रहरीले पत्ता लगाएको थियो । पछि चेकजाँच गर्दा प्रहरीले उनको नाममा चिनियाँ राहदानी जारी गरेको र त्यही राहदानीको आधारमा उनी भारतमा बस्दै आएको थाहा पाए । उनी सन् २०२० मा भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गगरेकी थिइन ।



    पछि नेपाली परिचयपत्र लिएर फेरि भारत छिरिन । अनुसार भारतीय अधिकारीसँग उपलब्ध अभिलेखबाट उनी चीनको हेनान प्रान्तकी बासिन्दा भएको खुलेको छ । उनले देशमा अशान्ति फैलाउन खोजेको आरोप छ ।



    स्रोतका अनुसार उनले प्रहरीलाई आफू बौद्ध धर्मावलम्बी भएकाले कम्युनिस्ट नेताहरूले उनलाई मार्न खोजेको बताएकी थिइन् । प्रहरीले जासुसी गरेको र राष्ट्रविरोधी गतिविधिमा संलग्न रहेको पत्ता लगाएको छ । स्रोतले भन्यो कि अधिकारीहरूले एक महिला चिनियाँ जासुस राष्ट्रिय राजधानीमा बसिरहेको सूचना पाएका थिए। जानकारीपछि काइ रुओले राष्ट्रविरोधी गतिविधिलाई बढावा दिएको पाइयो ।
    उनको साथबाट नक्कली कागजपत्र, परिचयपत्र फेला परेको थियो ।

    रुओले आफ्ना वकिल दीपक त्यागीमार्फत चीनमा रहेका आफ्ना परिवारका सदस्यसँग कुरा गर्न अधिकारीसँग अनुमति माग्दै निवेदन दिएकी छन् । ती महिला राष्ट्रविरोधी गतिविधिमा संलग्न भएकाले उनी पीएफआईको सम्पर्कमा थिइनन् भन्नेबारे अनुसन्धान निकायले अनुसन्धान गर्ने स्रोतले जनाएको छ । गुप्तचर निकाय र राष्ट्रिय अनुसन्धान एजेन्सीलाई पनि उनको गिरफ्तारीबारे जानकारी गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार