Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गलवान झडपपछि चिनियाँ जनमुक्ति सेनाको ‘वेस्टर्न थिएटर कमाण्ड’को नेतृत्व चौथोपटक परिवर्तन

    गलवान झडपपछि चिनियाँ जनमुक्ति सेनाको ‘वेस्टर्न थिएटर कमाण्ड’को नेतृत्व चौथोपटक परिवर्तन

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सन् २०२० को जुनमा १५ मा भारतसँग पूर्वी लद्दाखको गलवानमा भएको झडपछि चीनले चौथोपटक चिनियाँ जनमुक्ति सेनाको ‘वेस्टर्न थिएटर कमाण्ड’को नेतृत्व परिवर्तन गरेको छ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेइजिङमा आयोजित कार्यक्रममा पश्चिम कमाण्डको नेतृत्वमा जनरल वाङ हाइजिआङलाई दिएका छन्। ‘वेस्टर्न थिएटर कमाण्ड’ ले भारतसहित पश्चिमीतर्फ सीमा जोडिएका पाकिस्तान, अफगानिस्तान, मध्य एसिया क्षेत्रको सुरक्षा हेर्ने गर्दछ।



    भारतीय पत्रिका द हिन्दुले वेस्टर्न थिएटरको ९ महिनाभित्रै तीन जना कमाण्डर परिवर्तन गरिएको विषय अनपेक्षित भएको जानकारी दिएको छ। सोमबार राष्ट्रपति सीले ५ जना सैन्य अधिकारीहरुलाई जनरलमा पदोन्नती गर्दै जिम्मेवारी दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ। सेन्ट्रल थिएटर कमाण्डको कमाण्डरमा जनरल लिन सिआङयाङ, नौ सेनामा जनरल दोङ जुन, वायु सेनामा जनरल चाङ दिङचिउ र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका अध्यक्षमा जनरल सु सिइचिआङलाई जिम्मेवारी दिइएको हो।



    त्यस्तै सैनिक आयोगका अध्यक्ष राष्ट्रपति सीले बेइजिङमा आयोजित समारोहमा पदोन्नती भएका अधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै ‘सर्टिफिकेट अफ अर्डर’ समेत प्रदान गरेका छन्। दि हिन्दका अनुसार वेस्टर्न कमाण्डको जिम्मेवारी वाङलाई दिनुअघि जुनमा मात्रै जनरल सु चिलिङलाई दिइएको थियो। ५९ वर्षीय जनरल सुलाई जुनमा पदोन्नती गर्दै जनरल बनाइएको थियो।

    अहिले कमाण्डको नेतृत्वमा पुगेका जनरल वाङलाई गत महिना मात्रै सिन्जियाङ क्षेत्रको कमाण्डर बनाइएको थियो। सिन्जियाङ पनि वेस्टर्न कमाण्डअन्तर्गत नै पर्छ। जनरल वाङ यसअघि तिब्बतको सुरक्षाको कमाण्ड पनि सम्हालिसकेका सैनिक अधिकारी हुन्। सन् २०२० जनवरीमा लामो समयदेखि वेस्टर्न कमाण्डको नेतृत्व गरेका झाओ जोङची सेना निवृत्त भएपछि सो कमाण्डको नेतृत्व छिटोछिटो परिवर्तन भइरहेको हो।

    चीनले सन् २०१६ मा सैनिक संरचनामा परिवर्तन गर्दै सात क्षेत्रलाई पाँच वटा थिएटर कमाण्ड निर्माण गरेको थियो। उत्तर, दक्षिण, पूर्व, पश्चिम र मध्य गरी पाँच वटा कमाण्ड रहेका छन्। त्यसमा सबैभन्दा ठूलो भूभाग पश्चिम थिएटर कमाण्डभित्र पर्छ। यसको मुख्यालय चोङचिङ हो। लद्दाखको गलवानमा झडपछि चीन त्यहाँको सुरक्षामा थप संवेदनशील बनेको छ। चिनिँया सेना र भारतीय सेनाबीच भएको सो झडपमा २० भारतीय सैनिक र ४३ चिनिँया सैनिको मृत्यु भएको बताइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार