Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा

    बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 2K
    SHARES

    एजेन्सी। बेलायती गुप्तचर एजेन्सी एमआई ६ का प्रमुख रिचर्ड मूरले अहिले बेलायती गुप्तचर निकायका लागि चीन, रुस, इरान र आतंकवाद चारवटा प्रमुख खतरा रहेको बताएका छन् ।

    सम्भवतः यो पहिलो पटक  बेलायती गुप्तचर प्रमुखले सार्वजनिक रूपमा यस्तो बयान दिएका छन्।



    समाचार एजेन्सी पीटीआईका अनुसार, मूरले भनेका छन्, ‘रुस, चीन र इरान लामो समयदेखि गुप्तचर निकायका लागि  चुनौती रहेको छ ।  चौथो सबैभन्दा ठूलो  अन्तर्राष्ट्रिय अतिवाद रहेको छ।’



    चिनियाँ गुप्तचको बारेमा टिप्पणी गर्दै मूरले ठूला अपरेशनहरू गर्न भएको दाबी गरेका थिए ।

    उनले भने, ‘चिनियाँ गुप्तचर  धेरै सक्षम छन्, बेलायत र हाम्रा सहयोगीहरू विरुद्ध व्यापक जासुसी अभियानहरू सञ्चालन गर्न जारी राख्छन्। यी अभियानहरू सरकारहरू र उद्योगमा काम गर्नेहरूचिनियाँ सरकारको चासोका विषयहरूमा अनुसन्धान गर्नेहरू विरुद्ध चलाइन्छ।’

    चिनियाँ गुप्तचर एजेन्सीहरूले चीनबाहिर बस्ने चिनियाँ नागरिकमाथि निगरानी राखेर थप दबाब दिने प्रयास गरेको पनि मुरले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार