Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘ओलीको कार्टुन’ प्रति नागरिक दैनिकलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं । नागरिक दैनिकलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकलाई काउन्सिले स्पष्टीकरण सोधेको हो।

नागरिक दैनिकमा बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्रीमार्फत व्यंग्यसहितको कार्टुन प्रकाशित भएको थियो ।

काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ ।

पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकूल कार्टुन के कसरी सम्प्रेषण भएको हो ? यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077