Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ऐन महरलाई निर्वाचन आयोगको सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले बझाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले कुनै माध्यमबाट प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस उम्मेदवार महरलाई भनेको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘तपाईंबाट पुरस्कारस्वरुप नगद वितरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’

आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र निर्वाचन आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन वा बुथ खर्च दिन वा घोषणा गर्न नहुने’ व्यवस्था छ ।

उल्लेखित कानूनी व्यवस्था अनुसार तपाईंबाट भएको भनिएको पुरस्कार स्वरुप नगद वितरण गर्ने कार्य निर्वाचन आचारसंहिता प्रतिकूल देखिन्छ आयोग स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077