Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कम्युनिष्ट खोल ओढेको एमालेभन्दा भन्दा कांग्रेस हजारौँ गुणा लोकतन्त्रवादी छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको गठबन्धन परिवर्तन रक्षाधर र परिवर्तन उल्ट्याउने शक्तिबीचको लडाइँ रहेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनको प्रशिक्षण भेलालाई बुटवलमा सम्बोधन गर्दै प्रचण्डले एक–अर्कालाई मद्धत गर्दै धेरै मेहनतले गठबन्धन बनेको बताए ।

उनले एमालेप्रति लक्षित गर्दै भने, ‘प्रतिगमन र प्रतिक्रान्तितिर जाने कम्युनिष्ट खोल ओढेका भन्दा नेपाली कांग्रेस हजारौँ गुणा लोकतन्त्रवादी छ । गठबन्धन महान उद्देश्यको लागि बनाइएको हो । हामी एक छौँ । ऐक्यबद्धताको लागि आएका हौँ ।’

उनले गठबन्धनको काँधमा संविधानको रक्षा गर्दै आर्थिक समृद्धिको मिसनसहित देशलाई आर्थिक विकासतर्फ लैजाने जिम्मेवारी भएको बताए ।

अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि भएको भन्दै ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077