Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बम विस्फोट हुँदा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु

एजेन्सी । बम विस्फोटमा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु भएको छ ।

पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको पुष्टि भएको हो ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौनाजस्तो यन्त्र फेला पारेको र त्योसँग खेल्दा विस्फोट भई तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

काला-ए-नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा आठदेखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077