Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, पटका पड्काए कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले राति ९ बजेपछि देउसी भैलो खेल्न नदिने भएको हो ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यससँगै उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको जानकारी दिए ।

आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077