Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

असन्तुष्ट कार्यकर्तालाई प्रचण्डले भने - गठबन्धनको बहुमत आए राजनीतिक नियुक्तिका अवसरै-अवसर

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार गठबन्धनको बहुमतपछि उज्यालो हुने बताएका छन्।

विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बहुमतपछि प्राप्त हुने नियुक्तिले असन्तुष्ट कार्यकर्ताको अनुहार उज्यालो हुने दाबी गरे।

प्रचण्डले भने, ‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ। आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला।’

शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको तर्क गर्दै दाहालले कुनै अप्ठ्यारो नमानेर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077