Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सीपीसीको महाधिवेशन समापन हलबाट पूर्वराष्ट्रपति जिन्ताओलाई बाहिर निकालियो

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको समापन समारोहबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई बाहिर निकालिएको छ । सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि पार्टी महासचिव चुनेको समापन समारोहमा पूर्वराष्ट्रपति हु जिन्ताओलाई भने हलबाट निकालिएको हो । एकदमै कमजोर र बिरामी देखिएका हु राष्ट्रपति सी चिनफिङको बाँयातिरको सिटमा बसेका थिए । त्यहीबेला दुई जना पुरूषहरू आएर उनलाई सिटबाट उठाएर लगेको भिडिओमा देख्न सकिन्छ । हु जिन्ताओ सन् २०१२ मा चिनफिङ महासचिव चुनिनुअघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्रपति थिए। ७९ वर्षका उनी गत आइतबार सुरू भएको कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा पनि सहभागी थिए। भिडिओ देखिए अनुसार सुरूमा एक जना पुरूषले केही भनेर सिटबाट उठाउन खोज्दा जिन्ताओ उठ्न मानिरहेका थिएनन् । केहीबेरको प्रयासपछि उनी सिटबाट उठ्छन् । निस्किँदै गर्दा हुले सीलाई केही भनेका थिए । सीले पनि मुन्टो हल्लाएर जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077