Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सकियो सीपीसीको महाधिवेशन : राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ ।

जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि सी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन् ।

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव सी जिनपिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् ।

यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै छन् । एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077