Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंबाट ५० जना यात्रु बोकेर धनगढी जाँदै गरेको बस नवलपुरमा दुर्घटना

नवलपरासी । पूर्वी नवलपरासीमा काठमाडौंबाट ५० जना यात्रु बोकेर धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा ना७ख ४१५ नम्बरको बस ब्रेक फेल भएर गएराति दुर्घटना भएको हो ।

बस ब्रेक फेल भएर सडकबाट दाहिने साइडमा पल्टिएर जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ५० जना मध्ये २३ जना घाइते भएका छन् ।

उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077