Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराऔं : प्रचण्ड

धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने रहेको बताएका छन् ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताए ।

प्रचण्डले भने, ‘हाम्रो गठबन्धन विशिष्ट परिस्थितिमा ठूलो संकटबीच बनेको हो । सबै उपलब्धिहरु धारापमा थियो । लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन गठबन्धन भएको हो ।’

सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन उनले आह्वान गरे ।

‘गठबन्धनलाई विजयी गराउनु भनेको संविधान र लोकतन्त्रलाई जिताउन हो’, उनले भने । प्रचण्डले गठबन्धन विजयी भएपछि हामी आर्थिक क्रान्तितर्फ लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077