Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सत्ता गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिनु : प्रचण्ड

वीरेन्द्रनगर । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको र त्यसलाई परास्त गरिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसलाई कांग्रेस,माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो, अहिले पनि हाम्रो एकता देशको विकास र समृद्धिका लागि हो ।’

गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन लिन नहुने बताउँदै उनले गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको बताए ।

उनले कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुले बताउँदै कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोहले केन्द्रमा प्रवेश पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077