Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा पहिलो पटक कोरोनाको नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ पुष्टि

    नेपालमा पहिलो पटक कोरोनाको नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 825
    SHARES

    काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो ।



    यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।



    मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो।

    सोही क्रममा एक्सबिबि सव-भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो। मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार