Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनावी घोषणा पत्र आज सार्वजनिक गर्दै नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबार पार्टीको संकल्पपत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहान १०ः३० बजे प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तय गरिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संकल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको कार्यव्यस्तताका कारण आइतबार सार्वजनिक गर्ने भनिएको घोषणा पत्रको समय सारिएको थियो । प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि धनगढी र सुर्खेत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077