Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नुवाकोटमा तीन पसलमा आगलागी, दुई करोडको क्षति

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोडभन्दा बढीको क्षति पुगेको छ।

आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए।

उनका अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन्।

रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो।

आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ। आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077