Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अवतरण गर्ने क्रममा कोरियाली विमान धावनमार्गबाट चिप्लिएपछि...

एजेन्सी । कोरियन एयरलाइन्सको एक विमान फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।

भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा एयरबस ए३३० जहाज धावनमार्गबाट चिप्लिएको हो।

आइतवार भएको यो घटनाले देशको दोस्रो सबभन्दा व्यस्त विमानस्थल केही समयका लागि अवरुद्ध भएको थियो ।

विमानमा रहेका सबै १७३ यात्रु र कर्मचारीलाई सुरक्षित रूपमा निकालिएको छ ।

केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ । उक्त जहाज घाँसे मैदानमा गएर धावनमार्गको अन्तिममा अड्किएपछि उक्त विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077