Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने - ज्ञानी भइसकें,अब केपी ओलीसँग मिल्ने गल्ती गर्दिनँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने गल्ती नगर्ने बताएका छन् ।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु ।

ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहो¥याउँदिनँ । मैले भन्ने गरेको छु, यो देशमा प्रतिगमन र संविधान मिच्नेहरुसँग लडाइँको आवश्यकता भएसम्म गठबन्धन कायम रहन्छ ।’

उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए । उनले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077