Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

धनुषा । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

धनुषा प्रहरीका अनुसार मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो ।

उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077