Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटर स्पोर्ट गेम्समा सहभागी हुने नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौं । फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागेको मोटर स्पोर्ट गेम्सका लागि सोमवार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ ।

फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमवार फ्रान्स प्रस्थान गरेको हो ।

सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य यकेन्द्र कुँवर, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राज वैद्य,

एफआईए वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टटराई, नेपालका लागि डेनमार्कका कन्सुलर हरि धरेल, नासा नेपालका अध्यक्ष दशरथ रिजाललगायतले खेलाडी तथा अफिसियललाई बिदाइ गरेका थिए ।

नेपालको तर्फबाट अनिल बरालले पुरुष अटो स्लेलम, जिस्वा तुलाधर श्रेष्ठले महिला अटो स्लेलम र दिप्रश शाक्यले कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागिता जनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077