Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति भण्डारीको उपस्थितिमा देउसीभैलो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानद्वारा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077