Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लक्ष्मी पूजामा यस्तो देखियो काठमाडौं [फोटोफिचर]

काठमाडौं । यमपञ्चक अन्तर्गत आज सोमवार धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा शृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दीपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मी पूजाका दिन काठमाण्डौमा झिलिमिली देख्न सकिन्छ ।

यस्ता छन् तस्बिरहरू :

[caption id="attachment_171605" align="alignnone" width="800"] .[/caption]

[caption id="attachment_171607" align="alignnone" width="800"] - रासस[/caption]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077