Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घोराहीका तीन फर्निचर उद्योगमा आगलागी, करोडौं क्षति

दाङ ।दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौं क्षति भएको छ ।

आगलागीबाट घोराहीको सहिद उमेश मार्ग सडकमा रहेको तीन वटा फर्निचर उद्योग जलेको हो।

न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077