Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबदेखि राष्ट्रसंघको शान्ति मिसनमा चिकित्सकहरू पनि जान पाउने

काठमाडौं । अबदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विशेषज्ञ चिकित्सकहरू पनि संयुक्त राष्ट्र संघ अन्तर्गतको शान्ति मिसनमा जान पाउने भएका छन।

रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको हो ।

पहिलोपटक स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सकहरूलाई लिवियाको लागि शान्ति मिसनमा पठाउनको लागि रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्रसमेत पठाइसकेको छ।

स्वास्थ्य मन्त्रालयले एक सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले आगामी १६ कात्तिक सम्ममा सम्पर्क गर्न भनेको छ।

सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरेको छ।

यसअघि नेपाली शान्ति मिसनमा रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गतको सशस्त्र र जनपद प्रहरी र सोही सेवाअन्तर्गतका प्रावधिक सेवामा कार्यरत चिकित्सहरु मात्रै सहभागी हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077