Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयोगलाई गर्दै लक्षित रावलले भने - 'शीर्ष' ठानेका नेताहरूलाई विजयी घोषणा गरिदिए हुन्छ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

उनले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला भन्दै व्यङ्य गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’

आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन्।

उनले निर्वाचन आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार/अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध भएको टिप्पणी गरेका छन्।

आयोगले ‘नो नट अगेन’आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077