Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आयोगलाई गर्दै लक्षित रावलले भने – ‘शीर्ष’ ठानेका नेताहरूलाई विजयी घोषणा गरिदिए हुन्छ

    आयोगलाई गर्दै लक्षित रावलले भने – ‘शीर्ष’ ठानेका नेताहरूलाई विजयी घोषणा गरिदिए हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ९ कार्तिक २०७९
  • 756
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

    उनले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला भन्दै व्यङ्य गरेका हुन् ।



    उनले ट्वीटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’



    आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन्।

    उनले निर्वाचन आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार/अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध भएको टिप्पणी गरेका छन्।

    आयोगले ‘नो नट अगेन’आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार